मुख्य न्यायाधिवक्तालाई मुख्य न्यायाधिवक्ताको काम कर्तब्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी ऐनमा मुलत सम्पादन गर्ने मुख्य कार्यहरु निम्न रहेका छनः-

  • प्रदेश सरकार पक्ष वा विपक्ष भएको वा प्रदेश सरकारको हक, हित वा सरोकार रहेको, संविधान वा कानूनको व्याख्या सम्बन्धी कुनै जटील संवैधानिक वा कानूनी प्रश्न समावेश भएको वा सम्वन्धित प्रदेशको सन्दर्भमा सार्वजनिक महत्व वा सार्वजनिक सरोकारको विचाराधीन मुद्दामा प्रदेश सरकारको तर्फबाट बहस पैरवी गर्ने गराउने,
  • प्रदेश सरकार र मातहतका निकायहरुका नाममा अदालतबाट भएका आदेश वा फैसलाहरुको प्रभावकारी कार्यान्वयन गर्ने गराउने,
  • प्रदेशको मन्त्रालय, सचिवालय, विभाग वा कार्यालयलाई पत्राचार गरी कार्यान्वयनको अनुगमन गर्ने गराउने,
  • प्रचलित प्रदेश कानूनको कार्यान्वयनको क्रममा कुनै कठिनाई आई परेमा वा प्रदेशको कार्यक्षेत्रको कुनै विषयमा तत्काल कानून बनाउनु पर्ने वा भैरहेको कानून संशोधन गर्न वा बनिरहेको कानून लागू गर्नु पर्ने देखिएमा कारण खुलाई प्रदेश सरकार समक्ष सिफारिस गर्ने,
  • प्रदेश सरकार मातहत रहेका हिरासत तथा थुनुवा कक्षमा रहेका कैदिबन्दिहरु उपर मानवोचित व्यवहार भए नभएको सम्बन्धमा अनुगमन गर्ने,